धरान: दलित समुदायका युवाहरुलाई मिडिया क्षेत्रमा आकर्षित गराउने उद्देश्यले एक दिने मिडिया उत्प्रेरणा तालिम सम्पन्न भएको छ ।

पिस मिडिया ग्रुपको आयोजना तथा धरान उपमहानगरपालिका १२ नं वडा कार्यालयको सहयोगमा आज शनिबार मिडिया उत्प्रेरणा तालिम भएको हो । लक्षित वर्गअन्र्तगतको तालिममा वडा नं १२ का १५ जना युवाहरु सहभागी थिए । लक्षित वर्गअन्र्तगतका दलित समुदायसँगै आदिबासी जनजाति युवायुवतीहरु पनि सहभागी भएको आयोजक ग्रुपका अध्यक्ष एवं पत्रकार दिनेश गजमेरले जानकारी दिए ।

पत्रकार गजमेरका अनुसार १२ नं वडा कार्यालयले लक्षित वर्गको लागि विनियोजित बजेटबाट उत्प्रेरणा तालिम गरिएको हो । ‘दलित समुदायका युवाहरुलाई मिडियाप्रति आकर्षित गराउन, उत्प्रेरणा जगाउन तालिम दिइएको हो,’अध्यक्ष गजमेरले भने,‘मिडियामा दलिक्ष वर्गको समुदायको प्रतिनिधित्व बढी भन्दा बढी हुनुपर्छ, र मात्र ती समुदायको आवाज समेटिन्छ भन्ने तालिमको उद्देश्य हो । त्यसैले मिडियाप्रति उत्प्रेरणा जगाउन तालिम दिइएको हो ।’

waada-12aIMG_20191214_16033

तालिमको उद्घाटन समारोहका प्रमुख अतिथि एवं वडा नं १२ का अध्यक्ष टंक राईले अहिलेको समय मिडियाको युग भएकोले मिडिया क्षेत्रमा वडाका युवाहरुलाई उत्प्रेरित गराउन तालिम दिइएको बताए । ‘अहिले मिडियाको युग हो, हरेक कुरा मिडियाबाट नै थाह पाउछौं,’अध्यक्ष राईले भने,‘मिडिया क्षेत्रमा युवाहरु लाग्दा व्यक्तिगतरुपमा फाइदा नै हुन्छ, भविष्यलाई पनि राम्रो हुन्छ । पेशाकोरुपमा पनि अपनाउन सकिन्छ ।’ तालिममा सहभागी सुरज श्रेष्ठले मिडिया क्षेत्रको बारेमा धेरै जानकारी पाएको बताउदै राजनीतिक, सामाजिक परिवर्तनमा मिडियाको भुमिकाबारे पनि प्रष्ट भएको बताए । वडा १२ की दलित महिला सदस्य शान्ति त्रिखत्रीको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।

wada