काठमाडौं : नेपाली काँग्रेसका संस्थापन र इतर समूह आ–आफ्नो अडानबाट पछि हट्दै पार्टी्भित्रको आन्तरिक विवाद समाधाननजिक पुगेका छन् ।

संस्थापनतर्फबाट उपसभापति विमलेन्द्र निधि र इतर पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्र प्रसाद बडुबीचको निरन्तर छलफलपछि नेताहरु सहमतिनजिक पुगेका हुन् । सहमतिको वातावरणलाई सहज बनाउन संस्थापन पक्षले बिहीबारदेखि जारी केन्द्रीय समिति बैठक दुई दिनका लागि स्थगित गरेको छ भने इतर समूह पनि पूर्ववत अडानमा केही लचिलो देखिएको छ । १४ औँ महाधिवेशनको कार्यतालिका, पार्टी विभागका साथै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको कार्यसमिति गठनका विषयमा निरन्तर छलफलमा जुटेका दुवै पक्षले सहमतिको ठोस मंगलबार बनाउने समझदारी गरेका छन् । -नागरिक दैनिकबाट