धरान: महिला सञ्जाल धरानले नवनिवार्चित मेयर तिलक राईलाई भेटेर शुभकामना व्यक्त गरेको छ ।

सञ्जालको टोलीले आज मंगलबार मेयर राईको कार्यकक्षमै भेटेर कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको हो । सञ्जालकी अध्यक्ष सविता राईको नेतृत्वमा गएको टोलीले मेयर राईलाई ४ बुँदे अनुरोध पत्र पनि हस्तान्तरण गरेको जनाएको छ । सञ्जालका अनुसार धरानलाई महिला मैत्री नगर घोषणा गर्न माग गरिएको छ ।

यस्तै, सञ्जालले प्राविधिक शिक्षामा महिला(छात्रा)हरुलाई छात्रवृत्ति उपलब्ध गराउन, उपमहानगरपालिकामा महिला समिति गठन गर्न तथा महिला हेल्प डेस्क राख्न पनि सञ्जालले माग गरेको अध्यक्ष राईले जानकारी दिइन् । साथै, उनले महिला सञ्जालले उपमहानगरपालिकासँग सधै सहकार्य गर्ने प्रतिवद्धता पनि जनाइन् ।

sanjal1

उपमहानगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण(जेसि)को नीति, रणनीति र कार्ययोजना तयार भइरहेको जेसि कोअर्डिनेटर हेमा थलङले जानकारी दिइन् । यसअघि नै कार्यक्षेत्रमा महिला हिंसा नगर्ने बारे राजनीतिक नेतृत्व, जनप्रतिनिधि, कर्मचारीलगायतले ऐक्यवद्धता जनाइसकेको पनि उनले बताइन् ।

अनुरोध पत्र बुझेपछि मेयर राईले महिलासँग सम्बन्धित बिषयमा सञ्जालसँग सहकार्य गरेर अघि बढ्ने बताइन् । साथै उनले अनुरोध पत्रको बुँदहरु कार्यन्वयन गर्न पनि सहकार्य गर्ने आश्वासन दिए । मेयरलाई शुभकामना दिन अध्यक्ष राईसहित संस्थापक अध्यक्ष गंगा वराल, संरक्षक मिना पुलामी, वरिष्ठ उपाध्यक्ष चेतना श्रेङ,सचिव कोपिला भटराई, सहसचिव सीता मगर, कोषध्यक्ष लहरुमाया जिमी, सदस्य रेखा कार्कीलगायत पनि उपमहानगरपालिका गएका थिए ।