सुनसरी: प्रदेश नम्बर १ सरकारले वन ऐन र वातावरण ऐन निर्माणका लागि प्रारम्भिक कार्य सुरु भएको छ ।

उद्योग ,पर्यटन, वन तथा बातारण मन्त्रालय प्रदेश नम्बर १ ले वन ऐन निर्माण गर्नको लागि प्रदेश वन विद्येयक २०७६ र प्रदेश वातावरण संरक्षण विधेयक २०७६ को विषयमा प्रारम्भीक मस्यौदा माथि सरोकारबालाहरुसँग अन्तरक्रिया सुरु गरेको छ । मन्त्रालयले सुनसरीको इटहरीमा आयोजना गरेको विधेयकको प्रारम्भिक मस्यौदाका लागि वन तथा वातारणसंग सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । साझेदारी वन, नेपाल सामुदायिक वन उपभोकता महासंघ, निजी वन, धार्मिक वन लगायत सरोकारवालाहरुसँग मन्त्रालयले छलफल गरेको थियो ।

कार्यक्रमका सहभागी नेपाल सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नम्बर १ का सचिव अग्नी पौडेलले विधेयकमा समुदायमा आधारित वन व्यवस्थापनका विषय वस्तुहरु समेटिनुपर्नेमा जोडदिए । आगामी पुस महिनामा सञ्चालन हुने प्रदेश नम्बर १ को अधिवेशनमा पेश गर्ने गरी सुझाव संकलन गर्ने कार्य अन्र्तगत आयोजना गरिएको अन्तरक्रियाका सहभागी नेपाल वन पैदावन उद्योग व्यवसाय संघ मोरगंका अध्यक्ष सिताराम अग्रवालले निकासी खुल्ला हुने गरी ऐन बनाइनु पर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव सञ्जीव कुमार राईले सवै प्रकारका वनलाई व्यवस्थित बनाउने गरी संघीय संसदले पारित गरेको ऐनसँग नबाझिने गरी आगामी प्रदेश संसद अधिवेशनको समयमा पेश गर्ने गरी ऐन निर्माणमा सहयोग पुगोस् भनेर विद्येयकको विषयमा अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए । उनले संसदबाट पारित भएपछि नियमावली पनि एक महिना भित्र सक्ने गरी काम भईरहेको वताए । ऐन तथा नियामवली बनिसकेपछि साझेदारी, धार्मिक, सामुदायिक, निजी वनलाई व्यवस्थित वनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।