काठमाडौं : पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वा्चित भएको चार वर्ष पूरा हुन लागेको छ ।

विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा सकिन्छ । तर एक वर्ष समय थप गर्ने समझदारी पार्टी्भित्र निर्माण गरिसकेका देउवाले निर्वा्चित भएपछिका दिनमा गुटबन्दी अन्त्य त परैको कुरा भयो विधिअनुसार पार्टी चलाउन मिल्दैन ।

१३ औं महाधिवेशन अन्त्यसँगै अर्को महाधिवेशनको जोडघटाउ र नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा सुरु हुँदा कांग्रेसमा उल्दै गुटबन्दी झाँगिन पुग्यो । जसले गर्दा पार्टी पनि विधिअनुसार चल्न सकेन । आधा दर्जन गुट, त्योभन्दा धेरै उपगुट र समूह कांग्रेसमा सक्रिय हुँदा केन्द्रदेखि गाउँसम्मको संगठन विभाजित भएको छ । -नागरिक दैनिकबाट