धरान: किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीको पाँचौ जिल्ला अधिवेशनले जयकला राईको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

धरान १० स्थित एलम्बर स्मृति संग्राहलयको सभाहलमा बुधबार सम्पन्न अभिवेशनबाट समितिको उपाध्यक्षमा बसन्त बान्तावा राई, सचिबमा हेमन राई, कोषाध्यक्षमा ममता राई, सह–सचिबमा नरबहादुर राई र सह–कोषाध्यक्षमा सुमिना राई सर्वसम्मतीले चयन गरिएको छ । समितिको सदस्यहरुमा दिलु राई, सरिता राई (इटहरी), सुनिता राई, उमा राई, तारा राई, पूजा राई, अञ्जना राई, महेश राई, निश्चल राई र सरिता राई सर्वसम्मत चयन भएको किरात राई कलाकार संघ सुनसरीका निर्वतमान अध्यक्ष चन्द्र बान्तावा राईले जनाए । स

संघकी नवनिर्वाचित अध्यक्ष जयकला राईले आफ्नो नेतृत्वले संस्थालाई प्रभावकारी ढंगबाट अगाडी बढाउने प्रतिबद्धता जनाइन् । किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रामकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय उपाध्यक्ष शालिक शतासक राई, सचिब सुरज राई, किराया सुनसरीका उपाध्यक्ष हिन्दुहाङ राई, सचिब राजेन्द्र राई, सहकोषाध्यक्ष उपेन्द्र चाम्लिङसहित कलाकार संघ झापा, मोरङ र धनकुटा प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।