धरान: समाजवादी पार्टी सम्वद्ध समाजवादी साँस्कृतिक महासंघ जिल्ला कमिटि सुनसरीको समायोजन तथा पुनर्गठन भएको छ ।

तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएपछि सांस्कृतिक महासंघको पनि समायोजन भएको हो।समायोजन भएको महासंघको अध्यक्षमा ईन्द्र फोम्बो(लिम्बू) अध्यक्ष चयन भएका छन् भने उपाध्यक्षमा गोमा कुलुङ राई र सुदेश राई चुनिएका छन् ।

यस्तै, सचिवमा परम राई, सहसचिवमा दिपेश ईसारा राई, कोषाध्यक्षमा उमा चाम्लिङ र सदस्यहरुमा गोपाल हाङ्खिम, सुनन्द सरगम, शान्ति चेम्जोङ् र वि.एन. राई रहेका छन् । एघार सदस्यीय कमिटिमा एक सदस्य पछि थप गर्ने बताइएको छ ।