पथरी: मोरङ्गको पथरीमा साना तथा हलुका यातायात व्यावसायीको छाता संगठन संयुक्त यातायात प्रालि प्रदेश नम्वर १ गठन गरिएको छ ।

भुल्के यातायात प्रालिका पुर्ण कार्कीको अध्यक्षतामा समिति गठन गरिएको हो । समितिमा उपाध्यक्ष गोविन्द तामाङ्ग झापा टेम्पो सर्भिस, सचिव राज क्षेत्री सेन्टर हार्ट यातायात इटहरी, सहसचिव गौतम श्रेष्ठ धरान जलाधार यातायत र कोषाध्यक्ष युवराज आचार्य धनेश्वर यातायात दमक चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा डिल्ली शेर राई कानेपोखरी यातायात, टेकनाथ खतिवडा रतुवामाइ यातायात, रमेश आचार्य पुर्वाञ्चल युनिक, पेमा तामाङ्ग गछिया, विष्णुमणी नेपाल माइ भगवती यातायात, जिवराज भटराई सुनाखरी यातायात रहेका छन् । हलुका सवारी व्यावसायीको हकहितका लागी कार्य गर्ने अध्यक्ष कार्कीले वताए ।