विर्तामोड: प्रदेश नम्बर ३ का प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले हरेक नागरिकले आफु नेपाली भएको कुरालाई भुल्न नहुने बताएका छन् ।

झापा मेचीनगर ११ का स्थानीयले प्रसाईको सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रमुख प्रसाईले दलगत स्वार्थभन्दा माथि उठेर देश विकासमा सवै दल र नागरिक एक हुनुपर्ने धारणा व्यक्त गरे । आफ्नो दलगत स्वार्थबाट माथि उठेर नेपाल र नेपालीको उन्नति र प्रगतिप्रति सकरात्मक सोच राख्नुपर्नेमा प्रमुख प्रसाईले जोडदिए ।

प्रधानमन्त्री र १७ जना मन्त्रीले मात्र देशलाई समृद्ध बनाउन नसक्ने भन्दै प्रमुख प्रसाईले सवै नेपालीको साथ सहयोग उत्तिकै आवश्यकता रहेको बताए । कार्यक्रममा १ नम्बर प्रदेशसभाका सदस्य गोपालचन्द्र बुढाथोकीले दलभित्र गलत राजनीतिक चरित्र हाबी हुँदै गए त्यसले एकजना व्यक्तिलाई मात्र नभएर दललाई नै कमजोर बनाउने वताए । कार्यक्रममा नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली लगायतको उपस्थिती रहेको थियो ।