पथरी : नेपाली कांग्रेस मोरङको कानेपोखरीले राष्ट्रीय मेलमिलाप दिवसको अबसर पारेर कार्यक्रम गर्ने भएको छ ।

बुधबार कानेपोखरीको बयरबनमा हुने सो कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य प्रदिप पौडेलले सम्बोधन गर्ने भएका छन् । सोमबार कानेपोखरीमा पत्रकार सम्मेलन आयोजना गरी सोबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा काग्रेस कानेपोखरी सभापती योगेन्द्र दाहालले मेलमिलाप कार्यक्रमले स्थानिय स्तरका काग्रेस कार्यकर्तामा उर्जा पैदा गर्ने बताए ।