काठमाडौं : राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय ४ दिन मात्र बाँकी छँदा पनि प्रमुख दलले उम्मेदवार छनोट नगरेको छ ।

निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको छ । तर दलले उम्मेदवार छनोटका लागि गृहकार्य समेत गरेका छैनन् । राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ । आयोगले सबै प्रक्रिया पूरा गरी उम्मेदवार दर्ताको पर्खाइ गरिरहे पनि दलहरु भने अझै तातेका छैनन् । अधिकांश स्थानमा चुनाव जित्ने निश्चित देखिएको सत्तासीन नेकपाले प्रदेश २ मा राजपासँग चुनावी तालमेल गरेको छ । प्रदेश २ बाट नेकपा र राजपाले २-२ सिटमा तालमेल गरेका छन् । यी दुई दल मिल्दा चुनाव जित्ने निश्चित छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट