पथरी: सुकुम्वासी एवं अव्यावस्थित वसोवासको समस्या तत्काल समाधान नभए चरणवद्ध आन्दोलन गर्ने यहाँका सुकुम्वासीहरुले चेतावनी दिएका छन् ।

उनीहरुले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या तत्काल समस्या समाधान गर्नुपर्ने माग अघि सारेका छन् । मोरङ्गको पथरीमा आयोजित भेलामा सुकुम्वासी अगुवाहरुले राज्यले बषौंदेखी सुकुम्वासीलाई दमन गरेकोले आन्दोलनको विकल्प नभएको उद्घोष गरे । उनीहरुले यसै हप्तादेखी ज्ञापन पत्र वुझाउने, रिले अनसन गर्ने लगायतका आन्दोलन गर्ने बताए । सो भेलालाई सुकुम्वासी नेताहरु जहरमान लिम्वु, मौसम लिम्वु लगायतले सम्बोधन गरेका थिए ।

उकत भेलाले मौसम लिम्वुको अध्यक्षतामा नगरस्तरीय सुकुम्वासी तथा अव्यवस्थित वसोवास संघर्ष समिति पुर्नगठन गरेको छ । समितिको उपाध्यक्षमा सुरेश चन्द्र मण्डल,सचिव कुवेर चन्द्र घतानी,सहसचिव खड्ग आङदेम्वे, कोषाध्यक्ष चन्द्रकला खडका चयन भएका छन् । यस्तै, सदस्यहरुमा मिना सेन्चु्री, कालिराम लिम्वु, शम्शेर राई, चन्द्रवहादुर गजमेर, डम्वर वहादुर तुम्वाफो, अम्वर वहादुर लिम्वु, ज्ञानेन्द्र राई र पुर्ण वहादुर लिम्वु रहेका छन् ।

pathari-lok