काठमाडौं : नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ उम्मेदवारको नाम टुङ्गो लगाएको छ । शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १६ उम्मेदवार तय गरेको हो ।

प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ । प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यकरअपाङ्गताको कोटामा भोला पन्जियारले टिकट पाएका छन् । दलित र अन्य पदमा भने कांग्रेसलेसमाजवादी पार्टीलाई सघाउने बताएको छ ।

प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठले टिकट पाएका छन् । यस्तै गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंकरअपांगता कोटामा मेराज हलवाई उम्मेदवार बनाइएको कांग्रेसले जनाएको छ ।

कर्णाली प्रदेशमा सावित्री पौडेल र अन्यबाट डिल्लीराम पाठक तथा सुदूरपश्चिम प्रदेश महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय भएको छ ।