काठमाडौं : त्रिभुवन विश्वविद्यालयले एक साताभित्र स्ववियु निर्वाचनको मिति तोक्ने भएको छ । नेपाल विद्यार्थी संगठन नेविसंघसंग भएको छलफलमा स्ववियुको निर्वाचन मिति एक साताभित्र सार्वजनिक गर्ने सहमति भएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगा बहादुर मगरले फागुनमा गर्ने भनिएको चुनावको मिति एक साताभित्र तोक्ने तयारी भइरहेको जानकारी दिए ।

नेविसंघले अघि सारेका केही बुँदालाई त्रिविले कार्यान्वयन गर्ने सहमति गरेको छ । स्ववियु निर्वाचनको मिति एक महिना अगावै सार्वजनिक गर्ने, किर्तिपुरस्थित त्रिवि हातामा रहेको प्रहरी चौकी हटाउने लगायतको सहमति पत्रमा कार्यकारी निर्देशक मगर र नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले हस्ताक्षर गर्नु भएको छ ।