इटहरी: हरेक दिन दिउँसो महंगा सवारी साधन र दमकलले भरिभराउ हुन्छ, इटहरी उपमहानगरपालिकाको कार्यालय । मेचीकाली पोखरीको डिलैमा भरीभराउ देखिन्छन्, महंगा सवारीसाधन ।

त्यसको ठिक पारी पट्टी त्यो भन्दा महंगा मेसिन र दमकलहरु छन् । वृद्ध चौतारी छेवैमा लस्करै पुराना मेसिनहरु थन्किएका छन् । त्यति मात्र होइन, दुई बर्ष अघि १ लाख रुपैयामा खरीद गरिएको पानी छान्ने मेसिन काम नलाग्ने भएर थन्किएको छ । दुईवटा ट्याक्टर, एउटा मोबाईल ट्वाइलेट, जापान सरकारले दिएको एउटा दमकल, एउटा टिपर, एउटा रोलर, एउटा फोहोर उठाउने गाडी, ४ वटा इन्र्भटर ब्याट्री लगायत धेरै मेसिनहरु प्रयोगविहिन अवस्थामा थन्किएका छन् । समयमै मर्मत नभएका र प्रयोगमा नल्याइएका सामाग्रीहरु कवाडी भएका हुन् । उपयोगमा आउन नसकेका सवारी साधन लिलामी गर्नुपर्ने वा मर्मत गर्नुपर्ने भए पनि अझैसम्म कुनैपनि प्रकृया अगाडी बढ्न सकेको छैन ।

itri2

भएका साधनको पनि सुरक्षा हुन नसक्दा कवाडी बन्ने अवस्थामा पुगेका छन् । कार्यलय भित्र पार्किङ गरिएका दमकल थन्किने अवस्थामा पुगेका हुन् । उपयुक्त स्थानको अभावमा कुनै खुल्ला आकाशमुनि नै दमकल राख्ने गरिएको छ । करोडौ रुपैया पर्ने महत्वपुर्ण उपकरणको संरक्षण हुन नसक्दा उपमहानगर कवाडी खानामा रुपान्तरण भइरहेको छ । अनावश्यक सामाग्री खरीद गर्ने र प्रयोगमा नल्याई थन्काउने गरको कारण समस्या आएको हो ।

उता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम पुराना मेसिन र गाडीहरुको व्यवस्थापन गर्नेबारे केही दिन अगाडी कार्यपालिका बैठकले निर्णय गरेको बताईन् । उनका अनुसार पुनं प्रयोग हुनसक्ने साधनलाई मर्मत गर्ने र मर्मत हुन नसक्ने मेसिनहरु लिलामीको लागी टेन्डर खोल्ने बिषयमा छलफल भइरहेको छ । केही समयमै कवाडी मेसिनहरुको व्यवस्थापन हुने उनको भनाई छ ।

itri-1