धनकुटा:समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको धनकुटामा संगठन बिस्तार भएको छ।

सोनिका आठपहरियाको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिति गठन भएको छ । तदर्थ समितिको उपाध्यक्षमा सुमन कट्वाल, सचिवमा बिकास राई, सहसचिवमा अमृता लिम्बु र कोषाध्यक्ष सबिता भट्टराई रहेका छन् । यस्तै, सदस्यहरुमा कल्पना कार्की, नवराज पौडेल, रेनुका तामाङ, सुस्मिता राई, स्मिता खिम्बुले, सुष्मा राई, अनुरा राई, बेबिन राई, राजेन्द्र लिम्बु, अस्मिता लम्जेल, रोनिसा राई, दीक्षा राई, शान्ति लिम्बू, स्मृति राई, अस्मिता बस्नेत, बिष्णु लिम्बु, लक्ष्मि याख्खा, सरु याख्खा रहेका छन् ।

कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य योगेन्द्र राई समाजबादी विद्यार्थी युनियनमा प्रबेश गरेका छन् । सोही अवसरमा समाजवादी पार्टी धनकुटा नगर कार्यसमिति पनि गठन भएको छ । समितिको
अध्यक्षमा अर्जुन आठपहरिया राई चुनिएका छन् भने सचिवमा ममता मगर र कोषाध्यक्षमा असिम भण्डारी चुनिएका छन् । यस्तै, सदस्यहरुमा अषिन राई, रेणका राई, निसा राई, प्रदिप आठपहरिया, युवराज हमाल, साइत कुमारी आठपहरिया, युवराज हमाल, रञ्जना घिमिरे, सुप्रिया राई, दिनेश आठपहरिया, सुम्निमा राई, निश्चल पौडेल, सरस्वती श्रेष्ठ, दिपेश कार्की, सहिन श्रेष्ठ, राहुल राई, पार्वती विश्वकर्मा सहित १९ सदस्यीय रहेका छन् ।

संगठन बिस्तार कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अर्जुन थापा, जुद्द राई, पुर्ण बहादुर बस्नेत, निर्वाचित वडा अध्यक्ष बिकास घिमिरे तथा महेन्द्र बुहुमुखी क्याम्पस धरानका स्वबियु सभापति सरगम सागर चेम्जोङले कार्यक्रम सहजीकरण गरेका थिए ।