विर्तामोड: नेपालमा विद्यमान सुकुम्वासी समस्या समाधान गर्न केन्द्र सरकारसँग मात्र संवैधानिक अधिकार रहेको महान्यायाधिवक्ता अग्नी खरेलले बताएका छन् ।

झापाको अर्जुनधारा नगरपालिकाको छैटौँ नगरसभालाई सम्बोधन गर्दै महान्यायाधिबक्ता खरेलले सुकुम्वासी समस्या समाधानका लागि जग्गा धनिपुर्जा वितरण नै प्रमुख कार्य भएको पनि बताए । यसको लागि केन्द्र सरकारले भुमि नीति निर्माण गरेर ब्यवस्थापनका लागि प्रदेश सरकारले भुमिका खेल्न सक्ने र स्थानिय सरकारले धनिपुर्जा वितरणको ब्यवस्था मिलाउन सक्ने पनि महान्यायाधिबक्ता खरेलले वताए । ‘भुमि ब्यवस्थापनको अधिकार केन्द्र सरकारमा निहित छ, केन्द्र सरकारले आवश्यक नीति बनाउछ, व्यवस्थापनमा प्रदेश सरकार र पुर्जा वितरणको व्यवस्था मिलाउन स्थानीय सरकारले पनि भुमिका निर्वाह गर्नसक्छ,’खरेलले भने ।

अर्जुनधाराका मेयर हरिकुमार रानाले स्थानिय सरकार सञ्चालन ऐन अनुसार स्थानिय सरकार सञ्चालनमा केही समस्या भएको वताउदै एउटै विकास निर्माणमा न्यायालयबाट फरक फरक निर्देशन हुने हुदा कार्यसम्पादनमा समस्या भएको बताएका थिए ।