झापाः नेपाली कांग्रेस दमकले आज (आइतबार) झापाको दमकस्थित भट्टराई कुल बंश प्रतिष्ठानमा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

अघिल्ला वर्षहरुकै निरन्तरता स्वरुप यसवर्ष पनि कांग्रेस दमकले वनभोजको आयोजना गरेको हो । सो वनभोज कार्यक्रममा संविधासभा सदस्य तथा कांग्रेस नेता सुधिर शिवाकोटीले मुलुकले पछिल्लो पटक प्राप्त गरेको संस्थागत आमुल व्यवस्था परिवर्तनमा कांग्रेसको भूमीका महत्वपूर्ण रहेको बताए । नेता शिवाकोटीले कांग्रेसले मुलुकका हरेक परिबर्तनमा आफनो अग्रणी भूमी निर्वाह गर्दै आएको र अब पार्टी भित्रको संकट अन्त्यका लागि पनि पार्टीभित्र आमुल परिवर्तनको खाँचो रहेको बताए ।

नेपाली कांग्रेस दमक नगरसमितिले अयोजना गरेको सो वनभोज कार्यक्रममा कांग्रेस झापाका कार्यबाहक सभापति राम कट्टेल, पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा, निर्वाचन क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, महासमिति सदस्यहरु सुरेश सुब्बा, दिलबहादुर बुढाथोकी, शेरबहादुर भट्टराई, जिल्ला तथा गाँउ नगरका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । दमक नगर सभापति रोशन विष्टको अध्यक्षमा भएको कार्यक्रममा पार्टीको बिभिन्न भातृ संघ संस्था प्रमुख तथा प्रतिनिधिहरु क्रियाशिल सदस्य, साधारण सदस्यहरु लगायतको बाक्लो उपस्थिती रहेको नगर सचिब प्रकाश प्रसाईले जानकारी दिए ।