धरान: यले तङ्वे ५०८० एवं कक्फेक्वा तङ्नामको अवसरमा बुधबार महेन्द्र बहुमुखी क्याम्पस धरानमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लिम्बू विद्यार्थी मञ्च केन्द्रीय कार्यसमितिको आयोजना तथा सुनसरी जिल्ल्ला कार्यसमितिको ब्यवस्थापनमा आज अन्र्तक्रिया तथा शुभकामना कार्यक्रम भएको हो । मञ्चका केन्द्रीय उपमहासचिव तथा कार्यक्रम संयोजक प्रदिप नयोङको सभापतित्व र मञ्चका पुर्व केन्द्रीय उपाध्यक्ष अबोध अबिरल आङ्बुहाङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि आङ्बुहाङ्ले लिम्बू विद्यार्थीहरु राज्यको स्थायी सत्तामा पनि लोभिनु पर्ने र राज्यको उपल्लो तहमा पुग्नका लागि ठुलो त्याग गर्नु पर्ने धारणा राखेका थिए । मञ्चका पुर्व केन्द्रीय उपाध्यक्ष धनेन्द्र जबेगु, मञ्चका केन्द्रीय महासचिव गुल्सन आङ्बुहाङ, उपाध्यक्ष राजेश इवाहाङ, मञ्चको केन्द्रीय पुर्व सल्लाहकार चन्द्र खापुङ्हाङ, कियाचु केन्द्रीय सचिव योगेन्द्र पालुङ्वालगायत पनि अतिथिकोरुपमा कार्यक्रममा सहभागी रहेका थिए । कार्यक्रम संचालन मञ्चका केन्द्रित सचिव सेमि तुम्बपोले गरेका थिए ।