काठमाडौं : सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षबीच भने गत आइतबारदेखि भेट र संवाद भएको छैन ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहाल आ-आफ्नो पक्षधर नेताहरुसँग अनौपचारिक संवाद भने गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिब विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका नेताहरुसँग सभामुख चयनमा विषयमा कुरा गरे ।

दाहाल निवासमा पनि पूर्वमाओवादी समूहका नेताहरुबीच छलफल भएको छ । महासचिब पौडेल दिनहुँ दुवै अध्यक्षलाई भेट्ने गरेका छन् । -कान्तिपुर दैनिकबाट