काठमाडौं : सतारुढ दल नेकपाले पार्टी नेता कार्याकर्तालाई अनुशासनमा बाँध्न आचारसंहिता जारी गरेको छ ।

पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी नेताहरुलाई आइतबार पठाएको १२ पानाको विशेष परिपत्रमामा पार्टी नेता र कार्यकर्ताले अवलम्बन गर्ने आचारसंहितादेखि संगठन विभागलाई थपिएको अधिकारसम्म जानकारी गराइएको छ ।

परिपत्रमा नेता कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता जारी गरिएको उल्लेख छ । परिवारका सदस्यसँग गरिने बोलीचाली र व्यवहारदेखि खानपान, उठबससम्मका विषयमा अवलम्बन गर्नुपर्ने नीतिसमेत उल्लेख परिपत्रमा छ । नेकपाले बनाएको आचारसंहितामा पार्टी नेता कार्यकर्ता कसैले पनि अरु कसैलाई पनि तँ समेत भन्न नपाइने उल्लेख छ । -अन्नपूर्णपोष्ट दैनिकबाट