काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला पछिल्लो एक महिनायता सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएको छ ।

१३ औँ महाधिवेशन भएको चार वर्ष बित्न लाग्दासम्म उनी सभापति देउवाका सन्दर्भमा मौन रहँदै आएका थिए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय हुँदा शशांकले सभापतिलाई साथ दिएका थिए । पुस ११ गते केन्द्रीय समितिबाट संस्थापन इतरको सहभागिताबिनै १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि भने महामन्त्री शशांक देउवाविरुद्ध देखिएका हुन् । सभापति देउवाविरुद्ध उत्रिएका संस्थापन इतरका अन्य नेताभन्दा आक्रामक देखिएका शशांकले देउवाबाट पार्टी नचल्ने बताउँदै आएका छन् । आगामी महाधिवेशनले पार्टी नेतृत्व परिवर्तन गर्ने शशांकको दाबी छ । शशांक अहिले एकाएक किन देउवाविरुद्ध आक्रामक देखिएका हुन् ? महामन्त्री शशांकनिकट एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवा सहमतिका आधारमा नभएर एकलौटी ढंगले अघि बढेपछि परिस्थिति फेरिएको सुनाउँछन् । नागरिक दैनिकबाट