धरान: नेकपा धरान उपमहानगर कमिटी सदस्य एवं महिला नेतृ देवलक्ष्मी प्रधानको निधन भएको छ ।

उनको आज सर्लाहीको हरिवनस्थित पुख्यौली घरमा निधन भएको हो । प्रधानको पछिल्लो समय मृगौलामा समस्या थियो । उनलाई उपचारको लागि वीरगञ्ज लगिएको थियो । उपचार सम्भव नभएपछि घरमा लगिएको बेला आज उनको निधन भएको नेकपा नेता चोत्लुङले जानकारी दिए । प्रधान साविक अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की नगर अध्यक्ष थिइन् भने हाल नेकपा नगर कमिटि सदस्य थिइन् । उनी महिला आन्दोलनमा पनि सक्रिय सहभागी थिए ।