इटहरी :  नेपाली कांग्रेस सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ मोरङले वडा स्तरीय जागरण अभियान सुरु गरेको छ । क्षेत्र देखी वडा सम्म समायोजन भएको अवस्थामा टोल कमिटी बिस्तार गर्दै जागरण अभियान थालेको हो ।

यहीँ माघ ९ गते देखि सुरु भएको अभियान १५ गते सम्म चल्ने वडा सभापति लैहरु पेश्कारले बताए । कांग्रेसको महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेस प्रतिको आकर्षक बढ्ने उनको भनाइ छ । कांग्रेसकै वडाध्यक्ष भएकोले जनताको समस्या समेत बुझ्न सहज हुने र त्यहीँअनुसार काम गर्ने गरि अभियान थालिएको वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए ।

आफु अध्यक्ष निर्वाचित भएपछि जनताले बिकासको महसुस गरे कि गरेनन् भनेर बुझ्नको लागि अभियान सार्थक हुने उनको भनाइ छ । कांग्रेसलाई स्थानीय स्तर देखिनै मजबुत बनाउन कार्यक्रम थालिएको श्रेष्ठको तर्क छ । उनका अनुसार नेकपाबाट प्रवेश गर्नेको ओइरो लागेको छ ।  साबिकको कोशिहरैचा र सुन्दरहरैचा नगरपालिका मिलेर बनेको सुन्दरहरैचा नगरपालिकाका वडा समेत समायोजन भएको थियो । त्यसै अन्तरगत वडा पनि समायोजन भएकोले टोलस्तर देखिनै अभियान थालिएको श्रेष्ठको भनाइ छ ।