इटहरी:सुन्दरहरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले ‘जनतासंग मेयर’ कार्यक्रम सुरु गरेका छन् ।

बढ्दो चिसोको कारण कठ्याङ्ग्रिएका जनताको घरमा पुगेर लत्ता कपडा वितरण गरेर कार्यक्रम सुरुवात गरेका हुन् । सुन्दरहरैचा नगरपालिका ११ बाट सुरु भएको कार्यक्रम नगरपालिका भरीका सम्पुर्ण विपन्न बस्तीसम्म पुर्याउने मेयर ढकालले बताए । आफु मेयर पदको उमेद्धवार हुँदा बाचा गरेका योजना पुरा गर्नको लागी जनताकै घरमा जाने कार्यक्रम थालिएको उनको भनाई छ । उनका अनुसार पहिला आफुले बुझेको भन्दा अहिले जनताको दैनिकीमा धेरै फेरबदल भइसकेको हुन सक्ने भन्दै हालको समस्या बुझ्ने र त्यसको समाधानको लागी तत्काल पहल गर्ने गरी कार्यक्रम थालिएको हो ।

sundar

नगरबासी कसैले पनि जाडोमा कठ्याङ्ग्रीनु नपरोस् र जनप्रतिनिधी भएको आभास होस भन्नको लागि कार्यक्रम सुरु गरिएको उनले बताए । जनप्रतिनिधीसँग जनताको सम्बन्ध सुमधुर नभएको गुनासो आइरहँदा मेयर ढकालले जनताको घरमै पगेर समस्या समाधान गर्ने योजना ल्याएका हुन् । हरेक दिन बिहान २ घण्टा त्यही काममा छुट्याइएको उनले जानकारी दिए । त्यससंगै अहिलेसम्म भएका बिकास निमार्णका कामहरु र निर्माणाधिन अवस्थामा रहेका योजनाको निरीक्षण गर्ने काम थालीएको मेयर ढकालले बताए ।