काठमाडौं : मन्त्रीको काम कारवाहीबाट असन्तुष्ट रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेको चर्चाका बीच एकजना राज्यमन्त्रीको राजीनामा आएको छ ।

प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले आफ्नो पदबाट राजीनामा दिएकी हुन् । राजपा नेपालबाट राज्यमन्त्री बनेकी डा झाले एक पत्र सार्वजनिक गर्दै राजीनामा दिएकी हुन् ।

उनको पत्रमा  प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा र जोगाउन लामो समयदेखि प्रयास गरेपनि अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा दिएको उल्लेख छ ।