इटहरी: लामो समयदेखि रिक्त रहेको नेपाल बिद्यार्थी संघमा नयाँ नेतृत्व आएसंगै कार्यकर्तामा उत्साह देखिएको छ ।

राजिव ढुङ्गानाको नेतृत्वमा नेबिसंघ तदर्थ समिति चयन भएपछि उनको गृहनगर इटहरीमा दिप प्रज्वलन गरिएको छ । ढुङ्गानाको नेतृत्वले नेबिसंघका कार्यकर्तामा आशाको दियो बालेको भन्दै दिप प्रज्वलन गरिएको हो । सुनसरीले इतिहासमै पहिलो पटक नेबिसंघको केन्द्रीय सभापती पाएको भन्दै संघका नेता तथा कार्यकर्ताहरुले सुनसरीको इटहरीमा दिप प्रज्वलन गरेको बताए । नेपाल बिद्यार्थी संघको झण्डा र जय नेपाल लेखेर उनीहरुले दिप प्रज्वलन बालेका थिए ।

नेपाल बिद्यार्थी संघ सुनसरीका प्रभावशाली नेता प्रमोद भट्राईको अग्रसरतामा भएको कार्यक्रममा ५० भन्दा बढी बिद्यार्थी नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै भट्राईले ढुङ्गानाको समिति इतिहासकै सबैभन्दा प्रभावकारी र उर्जाशिल हुने धारणा राखे । शालीन भद्र र कुशल संगठकको क्षमता भएको नेता भएकोले ढुङ्गानाको नेतृत्वले सम्पुर्ण बिद्यार्थीहरुमा उर्जाको रक्तसंचार भएको उनले बताए ।

nebi-sangh1

त्यस्तै सुनसरी क्याम्पसका स्वबियु सभापति प्रतिक राईले नेबिसंघमा नयाँ नेतृत्व आएपछी हौसला मिलेको बताए । पहिलाको स्वबियु निर्वाचनमा जित्न नसकेका क्याम्पसमा पनि अब नेबिसंघले बिजय हासिल गर्ने उनको बुझाई छ । त्रिचन्द्र क्याम्पसका इकाई सहसचिव समेत रहेका अर्का नेता रोहित काफ्लेले ढुङ्गानाले नेबिसंघमा मात्र नभएर खस्कदै गएको बिद्यार्थी राजनीतिलाई नै सहि दिशा प्रदान गर्ने धारणा राखे ।

कार्यक्रमको अन्त्यमा बोलेका जनता बहुमुखी क्याम्पसका इकाई सभापति सहदेव काफ्लेले यो नेतृत्वले अब हुने स्वबियु निर्वाचनमा ९० प्रतिशत कलेज बिजय गराउने बिश्वास व्यक्त गरे । लामो समयदेखी नेतृत्वमा सहमति हुन नसकेको र पार्टी कार्यलयमा हुल्दुङ्गा भएको बिषय स्मरण गराउँदै उनले केही असभ्य र अराजक शैली भएका मान्छेहरुले नेबिसंघ लाई सधै अनिर्णयको बन्दी बताउन लागी परेको बताए । ढुङ्गाना सभापती भएर आएपछी अब समयमै अधिवेशन हुने र आफुहरु जस्ता बिद्यार्थीमा थप उर्जा प्राप्त हुने उनको भनाई थियो ।