इटहरी: सूचना, संचार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्नु मुर्खतापुर्ण काम भएको बताएका छन् ।

शुक्रबार नेपाल टेलिभिजन इटहरी च्यानलको औपचारिक उद्घाटनमा बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले एमसीसीको विरोध गर्नेहरू अनुदानको विरोधी भएको बताए । सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले एमसीसीले सडक र ट्रान्समिसन लाइन मात्रै बनाउने स्पष्ट रहेको बताए । अमेरिकी सेना आउने र परेड खेल्ने कुरा गलत भएको भन्दै मन्त्री बाँस्कोटाले एक क्लिक गरेरै समुन्द्र र आकाशबाट सेनाको काम हुने गरि प्रविधि बिकाश गरेको बताए ।

बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था समेत हटाउन लागेको जानकारी दिए । पत्रकारलाइ जाच लिएर मात्र पत्रकारिता गर्न दिने बिसय अहिलेत् तत्काल सम्भव नहुने बास्कोटाले बताए । पत्रकारले लाइसेन्स परीक्षा लिनुपर्ने प्रावधान हाल नहुने बताउँदै समानुपातिक विज्ञापन र क्लिन फिड जसरी पनि लागू हुने उनको तर्क थियो ।