धरान: धरान उपमहानगरपालिका ८ नम्बर वडामा दलित विकास समिति गठन भएको छ । सावित्रा परियारको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।

शुक्रबार नम्बर वडा कार्यालयमा भएको वडा स्तरीय भेलाबाट दलित विकास वडा समितिको उपाध्यक्षमा शिवराम विश्वकर्मा, सचिव नविन रम्तेल, सहसचिव मञ्जुर रत्ने दर्जी, कोषाध्यक्ष जमुना रत्ने परियार र सदस्यहरुमा तिलक विश्वकर्मा, पदम विश्वकर्मा, मणिकुमार परियार, गंगा रत्ने दर्जी, मञ्जु विश्वकर्मा, पर्मिला विश्वकर्मा, गिता विश्वकर्मा र केशव परियार चयन भएका छन् ।

८ नं. वडाका कावा अध्यक्ष रामकुमार थापा मगरको प्रमुख आतिथ्यतामा वडा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले धरानमा दलित समुदायका जस्तै अन्य जातीय समुदायमा पनि जनचेतना फैलाउनु आवश्यक रहेको बताए । दलित विकास समितिले गरेका काम र योजना देखेर चाँडै नै समुदायमा उत्थान र विकासका कार्यक्रम हुनेमा आफु विश्वस्त रहेको बताए । वडाबाट दलित वर्गको उत्थानका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताए ।

समितिका सदस्य सचिव तारा लामगादेले वडा भेलामा प्रशिक्षण दिएका थिए भने भेलामा दलित अगुवा लक्ष्मण दास, लालबहादुर कोइराला, बलिन्द्र विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । समितिका सदस्य सकुन्तला भुषालले सञ्चालन गरेको उक्त कार्यक्रममा डिल्लीराम शिवाले स्वागत मन्तव्य राखेका थिए भने सदस्य धनबहादुर हमाल, रामधारी बासफोर लगायतले अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए । कार्यपालिका सदस्य किशोर परियारको अध्यक्षतामा सम्पन्न भएको भेलामा ८ नम्बर वडामा दलितहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नव गठित समितिको प्रथम पूर्ण बैठक समेत सम्पन्न भएको सचिव नविन रम्तेलले जानकारी दिए । आगमी बैठकबाट बढिमा ७ जना सल्लाहकार चयन गर्ने र दलित समुदायका लागि बिनियोजित बजेटबाट कार्यक्रम सञ्चालन गर्ने तथा आगमी आर्थिक वर्षमा वडाका कार्यक्रम समेत तय गरिने सचिव रम्तेलले बताए ।