झापा : गौरादह नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतको गाडीलाई लक्षित गरि पड्काईएको बमबाट क्षतिग्रस्त भएको घरका घरधनीले हालसम्म क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।

घटना भएको ४ महिना बितिसक्दा समेत नगरपालिकाले क्षतिपूर्ती दिन खासै चासो नदेखाएको उनको गुनासो छ । गौरादह नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र गौरादह नगरपालिका वडा नं ३ को धोबिनीयामा सरस्वती कटुवालको घरमा डेरा गरी बसेका थिए । गौरादह नगरपालिकाले सरस्वती कटुवालसंग मासिक ६ हजार घर भाडा तिर्ने गरि मिति २०७५ साल श्रावण १ गते संझौता गरि प्रमुख प्रशासकिय अधिकृत बस्दै आएका थिए । प्रशासकीय अधिकृत मिश्रले नगरपालिकाको सरकारी गाडी डेरा गरि बसेको घर अगाडि पार्किङ्ग गरेर राखेका थिए । उनी चढ्ने सरकारी गाडीलाई लक्षित गरि अज्ञात समुहले २०७६ साल भदौ २३ गते मध्यरातमा बम बिस्फोट गराएका थिए । गाडी मुनी शक्तिशाली प्रेसर कुकर बम बिस्फोट गराएपछि गाडी छेद -विच्छेद भएको थियो ।

बिस्फोटका कारण शक्तिशाली भुईचालो आए जस्तै घर हल्लिएको घरधनी ईन्द्र कटुवालको भनाइ छ । मध्यरातमा सुतिरहेको समयमा बिस्फोट हुदाँ घरमा रहेका मानिसहरुको होसहवास उडेको कटुवाल बताउँछन् । बिष्फोटका कारण घरका भित्ताहरु चर्केका छन् भने झ्यालका सिसाहरु फुटेका थिए । घरका दुबै तल्लाका झ्याल र ढोकाहरु भत्किएका छन र कब्जाहरु लाग्दैन्न । यतिमात्र होइन बिस्फोटका कारण छिमेकीका घरका ट्वाइलेट बाथरुमका ढोकाका कब्जाहरु समेत खुलेनन ।

2H6A4471

नगरपालिकाले संझौता गरेर प्रशासकीय अधिकृतलाई डेरागरि राखेर क्षतिग्रस्त भएको घरको क्षतिपूर्ती दिन स्थानिय सरकार आलटाल गरिरहेको छ । बिस्फोट पश्चात घरधनी कटुवालले क्षतिको बिबरण सहित नगरपालिकामा स्थानीय सरकारलाई लिखित जानकारी गराएका थिए । घरको क्षतिको मुल्यांकन गरि नगरपालिकाले क्षतिपूर्ति दिनेमा घर धनी सरस्वती कटुवाल आशावादी रहेको बताउँछिन । क्षति भएको गाडी लगियो, प्रशासकीय अधिकृत मिश्र सरुवा भएर गए तर, स्थानिय सरकार भने नगरपालिकाको प्राबिधिक टोलीबाट निरिक्षण गराई क्षतिको बिवरण हेरी क्षतिपूर्ती दिने निर्णय गरेर चुपलागेर बसेको छ ।

क्षतिको बिषयमा ईन्जिनियरबाट अनुगमन, निरिक्षण गरि स्टिमेट गराइ के कति क्षति भएको हो त्यस अनुसार क्षतिपूर्ती दिने नगर कार्यपालिकाले निर्णय गरेको मेयर रोहित कुमार शाहले जानकारी दिए । बिस्फोटबाट घरमा भएको फुटेका झ्यालका सिसा लगाई सकेको र अन्य के कति क्षति भएको हो ईन्जिनियरको स्टिमेट विवरण आएपछि क्षतिपूर्ति दिईने नगर प्रबक्ता नगेन्द्र भन्डारी बताउँछन ।