धरान : संखुवासभा पाँचखपन-२ की ५२ बर्षीया डम्बर कुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ ।

शनिबार बेलुका पौने ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यसै गरी हिजो बेलुका साढे ६ बजे बर्षासंगै आएको चट्याङले लागी खोटाङ केपीलाशगढी-१ का १५ बर्षीय राजमणी राई र ३५ बर्षीया निर्मला बि.क. को मृत्यु भएको छ । आ-आफ्नै घरमा बसिरहेका दुबैजानालाई चट्याङले लाग्दा उनिहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।