इटहरी : इटहरी उपमहानगरपालिकाले सडकमा आश्रित मानिसहरूलाई आश्रय दिँदै आएको जनता स्कुलको आश्रयमा बस्दै आएकाले आमाको निधन भएको खबर पाएपछि आश्रय स्थलबाटै काज किरिया सुरु गरेका छन् ।

लकडाउन पछि इटहरीका सडक चौकमा बस्दै आएका सडक मानवहरूलाई जनता स्कुलमा खाने बस्ने व्यवस्था गरिएको छ । आसाम रौता घर बताउने प्रकाश निरौलाको आमाको निधन भएको खबर आएपछि काज किरिया सुरु गरेको बताइएको छ ।

व्राम्हण संस्कार अनुसार आफूले काज किरिया गर्न पाउनुपर्ने माग गरेपछि जनता स्कुलमै काज किरिया सुरु गरिएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताइन् । उपमेयर गौतमले काज किरियाका लागि सबै सामाग्री जुटाइदिएको जानकारी दिइन् ।

सेतो कपडा, पकाउने छुट्टै भाडा, सुत्ने बस्ने अलगै छुटै कोठामा कपाल खौरेर काजक्रिया सुरु गरेका हुन् । उनका आफन्त झापाको दमक तिर भएको जनाइए पनि त्यहाँ पुर्‍याइदिन भन्दा इन्कार गरेका थिए । १२ दिनमा सुद्दी कार्यको व्यवस्थापन गरिने र किरिया गर्न लागेको खर्च आफ्नो तर्फबाट व्यवस्था गर्ने उपमेयर गौतमले बताएकी छिन् ।