धरान : धरानमा हरेक दिन जसो लागु औषध प्रयोगकर्ता र लागु औषध प्रहरीले पक्राउ गर्ने गर्दथ्यो । तर अहिले भने प्रहरीले लागु औषध प्रयोगकर्ता र लागु औषध दुवै पक्राउ गरेको छैन । यसो हुनुको मुख्य कारण लकडाउन हो । लकडाउनको बेला लागु औषध प्रयोगकर्ताहरू परिवारको प्रत्यक्ष सम्पर्कमा रहेका कारण लागु औषध प्रयोगकर्ताहरुले पहिले जस्तो लागु औषध प्रयोग गर्ने नगरेको पाइएको प्रहरीको दाबी छ ।

धरानमा लागु औषधको समस्या भयावह बन्दै गएको तर लकडाउन पछि एक जना पनि दुर्व्यसनी नभेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले भने, “लागु औषध दुव्र्यसनीहरुलाई सुधार्ने र निर्मुलीकरण गर्न उपयुक्त समय भनेकै लकडाउन हो लकडाउन ले गर्दा उनीहरू चौबिसै घण्टा परिवारको निगरानीमा हुन्छन् ।

चालु आर्थिक वर्ष २०७६/०७७ को वैशाख १५ गते सम्ममा धरानमा लागु औषधका ७९ मुद्दा चलेको तर जसमा १०४ पुरुष १ महिला पक्राउ गरेको इलाका प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो क्रममा एभिल ८३८ एम्पुल, लुपिजैसिक ८३८ एम्पुल , डाईजेलाव ८३८ एम्पुल,फेनारगन ३४ एम्पुल, डाईलेक्स डिसी २८६ बोतल, नाईट्रोसन १०२५ ट्याब्लेट,खैरो हिरोइन ९१.७९० मिलिग्राम ,गाँजा १८ केजी, ७५० ग्राम, चरेस १.८ ग्राम,स्पास्मो १५८२०, प्रोक्सिभन कैप्सूल बरामद गरेको थियो ।

बढ्दो बेरोजगारी कारण धरानमा लागु औषध दुव्र्यसनीहरु बढेका हुन । प्रहरीका लागि लागु औषध दुव्र्यनीहरु प्रमुख समस्या बनेका थिए । सहरी क्षेत्रका स्कुल तथा कलेजका युवायुवतीहरू लागु औषधको कारोबार तथा दुर्व्यसनीमा फस्ने गरेको पाइएको छ । निम्न र उच्च वर्गका भन्दा पनि मध्यम वर्गका युवा पुस्तामा लागु औषधको कुलतमा बढी फस्ने गरेको पाइएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपाने भन्छन्, ‘लागु औषध दुर्व्यसनी भएको घरका सदस्य यति तनावमा हुन्छन्, उनीहरूलाई राती निद्रा पर्दैन, न उनीहरू खुलेर समाजमा हिँडडुल गर्न नै सक्छन् । अपराधको जरो गएर लागु औषधमै जोडिन्छ । लागु औषध दुर्व्यसनीका परिवारका सदस्यहरू आफैले प्रहरीले नै लगेर थुनिदे ओस भन्ने चाहना राख्ने गरेको बताउँदै डिएसपी न्यौपानेले भने, ’लागु औषधले हाम्रो समाज भित्रभित्रै खण्डित भइरहेको छ ।’

प्रहरीले लागु औषध प्रयोगकर्तालाई कस्टडीमा राखेर मात्रै समस्याको समाधान नहुने र त्यसलाई कानुनले नै बन्देज गरिसकेको भन्दै न्यौपानेले यसको विषयमा सबैमा प्रभावकारी परामर्शको आवश्यकता रहेको बताए । त्यसकै लागि धरानमा स्कुल तथा कलेजमा लागुऔषधल के हो ? यसका समस्या र कानुनी सजाय बारे कार्यक्रम सञ्चालनमा ल्याइएको र लकडाउनमा लागु औषध दुव्यसनिहरु सुधार्न सकिन्छ निर्मुलीकरण गर्न प्रहरीलाई सहयोग गरौँ ।