धरान : धरान उपमहानगरपालिकाको वडानं. ८ सिद्धार्थ मार्गमा मध्यराति सप्तरीबाट एम्बुलेन्स रिर्जब गरेर आएका एकै परिवारका पाँच जनाको प्रतिष्ठानमा थ्रोट स्वाब लिईएको छ ।

धरान ८ सिद्धार्थ मार्ग बस्ने सो परिवार लकडाउन भन्दा पहिले नै सप्तरीको बोदेवर्साइन गएर बसेका थिए । लकडाउनमा उतै रोकिएकाले गए राति सप्तरीबाटै एम्बुलेन्स रिर्जब गरेर धरान आई पुगेका थिए । धरान आई पुगे पछि राति एम्बुलेन्स भागेकोले छिमेकीले आशङ्का गरी धरान उपमहानगरपालिकालाई जानकारी गराएका थिए ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाबाट गएका कर्मचारीले आज बिहान धरान ८ सिद्धार्थ मार्ग पुगी उनीहरूलाई भेटेर कोरोना परीक्षण गराउन अनुरोध गरेको थियो । आज दिउसो उनीहरूलाई बीपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना हेल्प डेस्कमा लगी उनीहरूको स्वास्थ्य परीक्षण सँगै थ्रोट स्वाबको स्याम्पल पनि लिइएको छ ।

उनीहरूलाई धरान १३ स्थित सैनिक आवसिय महाविद्यालयकोको क्वारेनटाईनमा राख्ने निर्णय भएको थियो तर उनीहरू क्वारेन्टाइनमा नबसी सप्तरी नै फर्किएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । उनीहरूलाई सम्पर्कमा रहने गरी जान दिइएको प्रमुख मेहेताले बताए ।