धरान : धरान उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य सङ्घले लकडाउनमा सर्वसाधारणको जनजीवनमा सहज होस भनेर बिहान ६ बजे देखि ९ बजे सम्म खाद्यान्न र तरकारीजन्य बस्तु खरिद गर्ने समय छुट्टाएको छ ।

Locdaun-Baishak-24

यो समयमा सामाजिक दुरी कायम हुनुपर्ने र खाद्यान्न खरिद गर्दा सर्वसाधारणले आफै सचेतता अपनाउनुपर्ने भनिएको छ । तर सर्वसाधरणहरु एकै पटक धेरै बजारमा निस्किनाले धरानको लकडाउनमा समस्या देखिन थालेको छ ।

खाद्यान्न र तरकारी किन्न हिँडेको भन्दै बजारमा मोटरसाइकल र स्कुटर बढी चल्न थालेका छन् भने सर्वसाधारण पनि त्यसै गरी निस्किन थालेकोले बिहान ६ बजे देखि ९ बजे सम्मको समयमा बजार भिड हुन थालेको छ ।

Locdaun-Baishak-24-3

आज बिहान धरान ३ को चिनियाचौकमा निकै बाक्लो मानिसको उपस्थिति थियो भने प्रहरी र नगर प्रहरीलाई भिड व्यवस्थापन गर्न निकै सकस परेको थियो । टेम्पोहरुले पनि वडाले पास लिएर चलाएको भन्दै प्रहरीसँग विवाद गर्दै आएका थिए ।

Locdaun-Baishak-24-4

धरानमा लकडाउनको पछिल्लो समयमा भिडभाड बढ्न थालेको प्रति इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपाले भने, बिहान तरकारी र खाद्यान्न किन्न भन्दै सर्वसाधारण निस्किने गरेका छन् । सर्वसाधारणको सहजताको लागि यसो गरिएको सर्वसाधारणले कुरा नबुझ्दा समस्या भएको हो ।