धरान : मोरङको बेलबारी नगरपालिका वडानं. ७ दौलथपुरमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।

कानेपोखरी गाउँपालिका वडानं. १ होक्लाबारी बस्ने १८ वर्षीय आयुष गिरी मृत अवस्थामा नहरको डिलमा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । हिजो साँझ साथीहरूसँग सामान्य विवाद पछि हातपात भएको स्थानीयले देखेका थिए । आज बिहान मर्निङवाकमा निस्किनेले नहरको डिलमा मृत अवस्थामा युवाको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलबारीलाई फोन गरेर जानकारी गराएका थिए ।

शवको पोस्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई सकिएको छ । घटनाको अनुसन्धान गर्न हिजो मृतक युवासँगै रहेका १० जना बढीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिएका छन् । अनुसन्धान जारी रहेकोले पक्राउ गरिएकाहरूको नाम भने सार्वजनिक गरिएको छैन ।