धरान : गएको आइतबार देखि धरानमा लकडाउन खुकुलो महसुस भएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घ र धरान उपमहानगरपालिकाको बैठकले तरकारीमा जस्तै खाद्यान्नमा पनि सहज बनाउन बिहान ६ बजे देखि ९ बजे सम्म बजारमा सम्बन्धित वडाले दिएका खाद्यान्नका पसल खोल्न दिइने निर्णय भएको छ । तर यो निर्णयले धरानमा लकडाउनको सर्वसाधारणले धज्जी उडाउन थालेका छन् ।

Baishak-26-2

बिहानको समयमा धरानका मुख्य सडकहरूमा अत्यन्तै धेरै मोटरसाइकल, स्कुटर, ट्याम्पो र निजी गाडीहरू समेत गुड्न थालेका छन् । कतिपय स्थानमा अनुमति नलिएका पसलहरू पनि आधा सटर झारेर खुलेका छन् भने कपडाका पसलहरू बन्द देखिए पनि ग्राहक तानेर भित्र लगी बिक्री हुन थालेका छन् ।

विश्वमा महामारीको रूप लिएको कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी नेपाल सरकारले पनि गएको चैत्र ११ गते देखि लकडाउन घोषणा गरेको छ । यो क्रम अहिले पनि जारी छ । तर धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धेरै खाले मानिस उपचारका लागि आउने भएकोले धरानमा चैत्र १० गते देखिनै लकडाउन घोषणा गरिएको थियो ।

Baishak-26-3

तर पछिल्लो समय धरानमा लकडाउन सर्वसाधारणको सहजताका लागि बिहानको समय खुकुलो बनाएको हो । यसको फाइदा उठाउँदै अनुमति नलिएका पसलहरूले पनि धमाधम बिहान खुल्ने क्रम बढदो छ । बजारमा निस्किएका सर्वसाधारणमा समेत सामाजिक दुरी कायम भएको देखिँदैन । यसले गर्दा धरानमा पछिल्लो समय लकडाउनको बेलामा लकडाउनको धज्जी उडाएको आभास हुन थालेको छ । उदयपुर र भोजपुर जिल्लामा सङ्क्रमण देखि सेकिएकोले धरान कोरोनाको जोखिममा रहेको छ ।

Baishak-26

यसबारेमा सर्वसाधरणहरुले पनि लकडाउनमा पालना गर्नुपर्ने नियमहरूको उल्लङ्घन नगरी दैनिक जीवन यापनमा सहजता ल्याउन स्थानीय सरकार र प्रशासनलाई सहयोग गर्न जरुरी छ । लकडाउनलाई पालना गराउन स्थानीय सरकार र प्रहरी प्रशासनले पनि पहल कदम गर्नुपर्ने देखिन्छ ।