इटहरी : इटहरी उपमहानगरले गरेको बजार अनुगमनका क्रममा कम तौल र म्याद गुज्रिएका समान समेत बेच्न राखिएको पाइएको छ ।

उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा उपमहानगरले खाद्यान्न पसलहरूमा गरेको बजार अनुगमनका क्रममा त्यस्तो पाइएको हो । उपप्रमुख गौतमका अनुसार पोका पोका बनाएर राखेका खादयसमाग्री जोखेर हेर्दा तौलमा कमी पाइएको हो ।

त्यस्तो समान विक्री वितरण नगर्न चेतावनी दिइएको र पून विक्री गरेको पाइए कारबाही गरिने उहाँले बताउनुभयो । केही दिन यता देखि इटहरी क्षेत्रमा बिहान ७ बजे देखि १० बजे सम्म पसल खोल्न थालिएको छ । इटहरी उपमहानगरले निरन्तर बजार अनुगमन गर्दै आएको छ । अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।