धरान : धरान उपमहानगरपालिकाको वडानं.४ भेडेटार नजिककैको देवीथान गाउँबाट भरुवा बन्दुक सहित एक जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

देवीथानका २० वर्षीय सूर्य राईको घरको कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ नाल भरुवा बन्दुक जस्तै देखिने १ नाल, बन्दुक जस्तै आकारको काठको डमी राइफल २ थान बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका सूर्य राईलाई सुनसरी जिल्ला अदालतमा पेस गरी हात हतियार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् । उनलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।