धरान : सिरहाको लहान नगरपालिका वडा नम्बर १७ गोविन्दपुर गाउँमा गएको मंगलबार एक युवकको बीभत्स हत्या गरी हराएको टाउको २ दिनपछि भेटिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्रीले बुधवार मोहम्मद सफिदको टाउको गोविन्दपुर गाउँदेखि करिब एक किलोमिटर उत्तर पूर्व बलान खोलामा किनारमा भेटिएको जानकारी दिएका छन् ।

गाई बस्तु चराएर फर्किएका गोठालाले खोला किनारमा मान्छेको टाउको भेटिएको प्रहरीलाई खबर गरेका थिए । डिएसपी क्षेत्रीका अनुसार प्रहरीले घटनास्थल प्रकृति मुचुल्का गरी पोष्टमार्टम गरी परिवारलाई शव बुझाई सकिएको छ ।

गएको मङ्गलवार सफिदको हत्या आफ्नै घर देखि ५० मिटर पूर्व बीभत्स हत्या गरी टाउको गायब गरिएको अवस्थामा भेटिएको थियो । सो घटनाको गम्भिररुपले अनुसन्धान गरिरहेको डिएसपी क्षेत्रीले बताए । अनुसन्धान भईरहेकोले अहिले सम्म प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन ।