झापा : झापाको विर्तामोडमा प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका ५ स्थित कृष्णचित्र हल छेउमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा विर्तामोड नगरपालिका ४ बस्ने बर्ष २८ को पवन चौधरी र सोही स्थान बस्ने बर्ष २८ को महेश गुरुङ्गलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुको साथबाट प्लास्टिक सहित ५ ग्राम वा प्लाष्टिक बाहेक ४ ग्राम ब्राउन सुगर जस्तो देखिने प्रतिबन्धित ब्राउनसुगर लागु औषध फेला पारि उनीहरु दुबैलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा पक्राउ गरि राखिएको प्रहरीले जनाएको छ ।