धरान : कोरोना भाइरसबाट मृत्यु भएकाहरूको मोक्षप्राप्ती तथा विश्व शान्तिको कामना गर्दै धरान ७ मा चण्डी रुद्री र वेद पाठ गरिएको छ ।

ब्राह्मण समाज नेपाल तथा धरान उपमहानगरपालिका वडा नं ७ को आयोजनामा बुद्दमार्ग स्थित श्री सिता रामचन्द्र मन्दिर परिसरमा शुक्ल यजुर्वेद, रुद्री पाठ, चण्डिपाठ, महामृत्युञ्जय पाठ, गीता र ग्रहसुक्त पाठ पारायण कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा समाजका सुनसरी सहसचिव केशवप्रसाद अधिकारीको आतिथ्यमा समाजका नगर अध्यक्ष उद्भवप्रसाद अधिकारीको सभापतित्वमा ७ जना पण्डितबाट सामाजिक दुरी कायम गरी पूजा गरिएको थियो । सो कार्यक्रमलाई ७ नं वडाध्यक्ष जीवनराज सुवेदीले सहजीकरण गरेका थिए ।