धरान : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता मुक्सामहाङ्ग मेन्याङ्वो (मुकेश) ले धरान १५ स्थित बाँजोगरा सामुदायिक वनको भवनदेखि साकेला थानसम्मको सडक निर्माण कार्यको शिलान्यास गरेका छन् ।

करिब ३१ लाख लागतमा निर्माण हुने उक्त सडकको लागि नेता मुकेशलेको पहलमा प्रदेश सरकारले स्थानीय तहलाई दिने सशर्त अनुदानबाट २५ लाख विनियोजन भएको थियो ।

शनिवार बिहान बाँजोगरा सामुदायिक वन उपभोक्ता समिति र निर्माण समितिले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार ईङवारम, वन समितिका अध्यक्ष राजन मोक्तान, पञ्चकन्या वन कार्यालयका प्रतिनिधि लगायतको उपस्थित थियो ।