धरान : आफ्नै छोरीलाई जर्वजस्ती करणी गर्ने एक जना बाबु पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले धरान १७ घर भएका ३८ वर्षीय पुरुषले आफ्नो १४ वर्षीय छोरीलाई जर्वजस्ती करणी गरेको भन्दै गएको जेठ १६ गते पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

आफ्नै छोरीलाई जर्वजस्ती करणी गर्ने बाबुलाई आइतबार सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी हाडनाता तथा जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिइएको छ । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।