धरान : धरानमा थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले धरान उपमहानगरपालिकामा १ जना महिलामा कोरोना सङ्क्रमण भएको जानकारी मन्त्रालयलाई प्राप्त भएको बताए । तर उनको पुरा विवरण भने उपलब्ध नभएको मन्त्रालयका प्रवक्ता डा. मेहेताले कपुरी न्युजलाई बताए ।

धरानउपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार यसबारेमा धरान उपमहानगरलाई जानकारी नआएको बताए । धरानमा सङ्कलन गरिएका स्वाबहरुको स्याम्पल परीक्षण भइरहेको मात्रै जानकारी आएको प्रमुख मेहेताले बताए ।