धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप मङ्गलवार एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार झापा निवासी ३५ वर्षीय एक जना पुरुषमा स्वास्थ्य प्रोटोकल अनुसार उनको स्वास्थ्य जाँचमा कोरोना नेगेटिभ रिपोर्ट आएकोले उनलाई डिस्चार्ज गरिएको हो ।

अव प्रतिष्ठानमा कोरोना सङ्क्रमित भएर उपचाररत ५४ जना बिरामी रहेको जनाइएको छ ।