धरान : धरानमा पछिल्लो समय छिन-छिनमा झ्याप्प झ्याप्प लाइन जान थालेको छ । 

लोडसेडिङको पिडा खेपेका उपभोक्ता फेरी पनि लोडसेडिङ पो हुन लाग्यो की भन्न थालेका छन् । लाइन लामो समय सम्म त जाँदैन । तर पनि छिनमा जाने छिनमा आउने हुनाले उपभोक्ता भने हैरान भएका छन् ।

यसबारेमा नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्र के भन्छ त ?
पछिल्लो समय धरानमा बिजुलीमा निकै समस्या आउन थालेको छ ।

छिन छिनमा लाइन गएर हैरान पार्न थालेको छ । केही समय अघि हावाहुरीले धरानका विभिन्न स्थानमा पोल समेत लडाएर निकै धेरै क्षति गराएको थियो । धरानवासीहरू एक रात बत्ती नै बाल्न पाएनन् । भोलिपल्ट लाइन आए देखि यस्तो समस्या देखिन थालेको हो ।

यसबारेमा धरान स्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख प्रताप बराल बर्षायाममा मौसमको कारण केन्द्रीय प्रसारण लाइनबाटै लाइन काटिने गर्दछ ।

खास गरी बर्षायाममा रुखको पात, हाँगाले बिजुलीको तार छोई दिँदा विद्युत् फल्ड हुने गरेकोले यस्तो भएको प्रमुख बराल बताउँछन् । लोडसेडिङ र अन्य कारणले केही नभएको उनी बताउँछन् ।

धरानको सवालमा केही स्थानमा कहिलेकही विजुलीमा समस्या आउदा बनाउनुपर्दा पनि लाईन जाने गरेको प्राधिकरणका प्रमु्ख बरालको भनाई छ ।