धरान : लगातारको लकडाउनका कारण बिहान बेलुका छाक टार्न कठिन धनकुटाको हात्तीखर्क घर भएका सुरेश लिम्बुलाई बिहीबार अर्को ठुलो बज्रपात आईपर्यो ।

चार महिना अगाडिदेखि जन्डिस लागेर काम गर्न नसक्ने अवस्थामा रहेका उनलाई ५ जना परिवारको पालनपोषण गर्न नै कठिन भएको थियो । दुई छोरी, एक छोरा र श्रीमतीको लालन पालनको जिम्मेवारी बोकेका उनी बिरामीले थलिएर काम गर्न नसक्ने र लगातारको लकडाउनले काम नै नपाएको अवस्थामा बिहीबार आफू बसेको घरमा भएको आगलागीबाट उनले कोठामा राखेका सम्पूर्ण सामाग्री जलेर नष्ट भयो ।

अहिले के खाऊ भरे के खाऊ भएको अवस्थामा लकडाउनको अवस्थामा पहाड धनकुटा जाने निधो गरे पनि जान सकेका थिएनन् । लिम्बुकी श्रीमती सीता लिम्बुले गास बास नै उठेको बेला स्थानीयहरूको सक्रियताले सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका छन् ।

लकडाउनले गाउँलेहरू नै समस्यामा परे पनि जति सकिन्छ त्यति नै रकम सङ्कलन गर्न साम्पाङ चौकका रमला तामाङ, कौशिला ठकुरी, रज्जु राई, पवित्रा गुरुङ, तारा परियार, शिला दाहाल, मन्दिरा श्रेष्ठ लगायतको महिलाहरू टोलमा गएर गच्छे अनुसार सङ्कलन गरेर पीडित लिम्बुका परिवारलाई करिब १५ हजार बरारको ओढ्ने ओछ्याउने, किचनमा प्रयोग हुने सामाग्री प्रदान गरेका छन् भने १४ हजार नगद प्रदान गरे । यस्तै विद्यार्थी मधुमला चौधरीलाई नगद ११ हजार् प्रदान गरे ।

आगलागी भएपछि ती परिवारलाई साम्पाङ चौक टोल विकास समिति धरान १५ का अध्यक्ष विजय राईको घरमा उपाध्यक्ष तारा शाक्यको पहलमा राखिएको छ ।

जस्तोसुकै विषम परिस्थितिमा पनि सहयोग जुटाएर गच्छे अनुसार सहयोग पुर्‍याएको ल्याएको सहयोग जुटाउन सक्रिय भूमिका निर्वाह गर्नुभएकी रमा तामाङले बताइन् ।

घरका आमा छोरी मात्र बस्दै आएका दुवै जनाको मृत्यु भए पनि बाच्न सफल भएका घर भाडामा बस्ने परिवारका लागि आफूहरूले सकेसम्म सहयोग पुर्‍याएको स्थानीय वाङछु शेर्पाले बताएका छन् ।
गत बिहीबार धरान-१५ साम्पाङ्ग चौकमा रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा ८७ बर्षीया आमा धनकुमारी श्रेष्ठ र उनकी छोरी ५२ वर्षीय सीता श्रेष्ठको मृत्यु भएको भने घरमा भाडामा बस्नेहरूको पनि सर्वस्व गुमेको थियो ।

आगलागीबाट सर्वस्व गुमाएका परिवारलाई सरकारले सहयोग नगरे पनि स्थानीयले अढाई महिना भन्दा बढी समस्यामा परेका गाउँलेले नै यसरी रकम सङ्कलन गरेर सहयोग जुटाएकोमा जस्तो सुकै समस्यामा पनि अरूलाई परेको पीडामा मल्हलम लगाउन उनीहरूले छोडेनन् ।