धरान : लकडाउनका कारण धरान उपमहानगरपालिका बन्द रहेकोमा असार १ गते देखि भने पुर्णरुपमा कार्यालयहरू खुल्ला हुने बताइएको छ ।

धरान उपमहानगरपालिकाले एक सूचना जारी गरी जेठ २८ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार सम्पूर्ण कार्यालयहरूबाट सेवा प्रवाह गर्नुपर्ने भएकोले लकडाउनको अवधिमा आ आफ्नो घरमा रहने सम्पूर्ण कर्मचारीलाई काममा आउन आग्रह गरेको छ ।

नेपाल सरकारले दुई सिफ्टमा सबै सरकारी कार्यालयहरू सञ्चालन गर्ने भनेकोमा धरान उपमहानगरपालिकामा भने त्यसो नगरी सदाझै बिहान १० बजे देखि साँझ ५ बजे सम्म एउटै सिफ्टमा कार्यालय सञ्चालन हुने धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिएका छन् ।

Napa-Suchana