धरान : सुनसरी सदरमुका इनरुवा १ मुख्य बजारमा रहेको हनुमान बस्त्रालयमा आइतबार बिहान लागेको आगो बल्ल नियन्त्रणमा आएको छ ।

धरान, इटहरी, बराहक्षेत्र, दुहबी र मोरङको सुन्दर हरैचाको ६ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको निरन्तरको प्रयासले आगो नियन्त्रणमा आएको सुनसरी प्रहरीले जनाएको छ ।

आगलागीबाट हनुमान बस्त्रालय पर्णरुपमा जलेको छ भने नजिकैको सिर्जना फाईनन्स पनि जलेको छ । त्योसङै सप्तकोसी हार्डवेयरमा पनि केही क्षति पुगेको बताइएको छ । आगो ६ घण्टामा नियन्त्रणमा आएको हो ।
के कारण आगलागी भएको हो र के कति क्षति भयो यसबारेमा भने अहिले जानकारी आएको छैन ।